शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अविनासको ‘लाइसेन्स ठेक्का’

शुक्रबार, २८ मङ्सिर २०७५, १४ : ३६
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– गायक अविनास घिसिङको लाइसेन्सको ठेक्का (डम्फू) बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनको स्वर रहेको छ । 

गीतमा अविनास र मुनाकै शब्द तथा संगीत छ । गीतको भिडियो भने भरत सिटौलाले निर्देशन गरेका छन् । भिडियोमा अविनाश र मान्सी लामाको अभिनय देख्न सकिन्छ । 

राजिव समरको नृत्य रहेका भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको स्वर रहेको छ । यस अगाडि गायक घिसिङको ‘कलकत्ते काँइयो’ रिमिक्स गीत दर्शकले रुचाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप