बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्सुन मिट अन्तरविद्यालय बास्केटबल : छात्र र छात्रा दुवैमा इनोभेटिभको जीत

बुधबार, ११ साउन २०७४, १५ : १९
बुधबार, ११ साउन २०७४

काठमाडौँ – इनोभेटिभका छात्र र छात्रा दुवै टिम ११ औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
 
हाडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कूलको कोर्टमा भएको खेलमा छात्रतर्फ इनोभेटिभले डाफोडिललाई ४०–२७ ले पराजित गरेको हो । इनोभेटिभको जितमा आयुश खड्काले १७ अंकको योगदान दिए । छात्रातर्फ ममता गुरुङको १७ अंक मद्दतले इनोभेटिभले विल्सन एकेडेमीलाई ४३–११ को फराकिलो अन्तरले पराजित गर्यो । 

छात्रतर्फ विल्सन, नेपाल सेन्ट्रल र ओडिसी इन्टरनेसनल एकेडेमी पनि क्वाटरफाइनलमा पुग्न सफल भएको छ । विल्सनले काठमाडौं जेभियरको चुनौती ४३–२८ ले पन्छाउन पुग्यो । 

विजयी टिमबाट पेम्बा शेर्पाले १७ अंक जोडेका थिए । नेपाल सेन्ट्रलले माउन्ट कैलाशमाथि २९–२८ को कठिन जित निकाल्यो । विजयी टिमका लागि राहुल श्रेष्ठले १० स्कोर ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप