शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियालीको कार्य समय घट्यो

शुक्रबार, २८ मङ्सिर २०७५, १४ : १५
शुक्रबार, २८ मङ्सिर २०७५

सेजोङ – दक्षिण कोरियालीको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ । 

कोरिया तथ्याङ्क विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२ दशमलब ८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो । 

दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३ दशमलब ८ घण्टा थियो । तथापि, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ । 

तथ्याङ्क विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक दुई हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो । 

जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो । 

मूनको मन्त्रिपरिषदमा हेरफेर 
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन् । उनले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेका छन् । 
राष्ट्रपति मूनले आर्थिक गतिविधिमा सामान्य मन्दी आएको र रोजगारीमा असर पर्न थालेको अनुभव गरेलगत्तै महत्वपूर्ण मन्त्रालयहरुमा हेरफेर गरेका हुन् । –योन्हाप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप