शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्याप्टेन गीत २४ घन्टा नपुग्दै शीर्ष स्थानमा

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : १२
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को गीत ‘रहर छ सँगै’ युट्यव ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । बिहिबार मध्यान्ह सार्वजनिक यो गीत २४ घन्टा नपुग्दै नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको हो । 

समाचार तयार गर्दासम्म गीतले करिब ४ लाख दर्शक पाएको छ । गीत अनमोल र नव अभिनेत्री उपासना सिंह ठकुरी माथि फिचरिङ गरिएको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ, भने संगीत अर्जुन पोखरेलले भरेका छन् । भिडियो बनाइएको गीतमा करिबराज गहतराजको कोरियोग्राफी छ । 

अनमोल र उपासनाको अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।  एउटा यूवकको फुटबल संघर्ष कथालाई उठान गरेको चलचित्र भूवन केसीले निर्माण गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप