बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सत्यमेव जयते’ को ‘दिलबर दिलबर’ गुगल सर्चमा सबैभन्दा अगाडि

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : ०३
शुक्रबार, २८ मङ्सिर २०७५

मुम्बई– गत अगष्टमा रिलिज भएको फिल्म ‘सत्यमेव जयते’ को डान्स नम्बर ‘दिलबर दिलबर’ गीत २०१८को गोगल सर्चमा सबैभन्दा अघि देखिएको छ ।

गीतले सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’को गीत दिल दियां’, बादशाहको गीत ‘तेरा बज मुझे जीने न दे’ लगायतलाई पछि पार्दै शिर्ष स्थान कब्जा गर्न सफल भएको हो ।

नेहा कक्कर, धवानी भनुसालीको स्वर रहेको गीतमा शब्द शब्बिर अहमद र संगीत तनिस्क बक्सीको रहेको छ । 

यो लिष्टको दोस्रो स्थानमा ‘दारु बदनाम करती को मिली’ र तेस्रो स्थानमा ‘तेरा फिटुर’ रहेको छ । ‘क्या बात है’ र ‘देखते देखते’ गीतले क्रमस चौथो र पाँचौ स्थान ओगट्न सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप