शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुगलमा सबैभन्दा बढी खोजिनेमा प्रिया प्रकाश, दोस्रोमा परे प्रियंकाका पति निक

शुक्रबार, २८ मङ्सिर २०७५, १३ : ०१
शुक्रबार, २८ मङ्सिर २०७५

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री प्रिया प्रकाश वारियर २०१८ मा भारतमा सबैभन्दा धेरै खोजिएको सेलीब्रेटीको पहिलो नम्बरमा परेकी छिन् । आँखा झिम्क्याएको भिडियो सार्वजनिक उनी अत्यधिक चर्चामा आएकी थिइन् । 

 प्रिया बलिउडका सुपरस्टारलाई पछि पार्दै गुगलमा खोजिने व्यक्तिको सूचिमा पहिलो नम्बरमा आएकी हुन् ।  उनको सार्वजनिक भिडियो उनको फिल्म ‘ओरु अड्डार लव’ को गीतको थियो ।

प्रियापछि गुगलमा धेरै पटक खोजिएको व्यक्तिमा निक जोनास परेका छन् । अमेरिकन निकले भर्खरै बलिउड अभिनेत्री प्र्रियंकासँग विवाह गरेका छन् ।

तेस्रो नम्बरमा हारियाणकी गायिका सपना चौधरी रहेकी छिन् भने प्रियंका चौथो नम्बरमा परेकी छिन् । पाँचौमा सोनम कपूरका पति आनन्द आहूजा, छैठौँमा सैफ अली खानकी छोरी सारा अली खान, सातौँमा सलमान खान, आठौँमा व्रिटिश राजकुमार ह्यारीसँग विवाह गरेकी हलिउड अभिनेत्री मेगन मार्केल, नवौँमा भजन गायक अनूप जलोटा र दश नम्बरमा श्रीदेवीका पति बोनी कपूर परेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप