शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, ६ घाइते

शुक्रबार, २८ मङ्सिर २०७५, १२ : ५०
शुक्रबार, २८ मङ्सिर २०७५

गाईघाट– उदयपुरको लिङपिङगुङ–४ बलाम्ताको मैसङ्खामा गए राति १० बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्य छ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शी स्थानीयवासी चुडामणि राईले बताए । 

ट्याक्टर चालक सोही स्थानका २२ वर्षीय सुनिल राई र २५ वर्षीय पवन राईको घटनानस्थलमै मृत्यु भएको र स्थानीयवासी विश्व राई, पुनम राई, सविना राई, शोनी राई, बुनु राई र मनिषा राई गम्भीर घाइते भएको उहाँले जानकारी दिए । 

स४३प २३७३ नंको ट्याक्टर बलाम्ताको माझखर्कबाट गाउँतर्फ झर्दै गर्दा बाटोमा हिँडिरहेका यात्रु पवन राईलाई जोगाउने प्रयासमा ट्याक्टरले उनैलाईसमेत किचेर सडकबाट २५ मिटर तल खसेको थियो । अहिले मृतकहरुको शव गाईघाट जिल्ला अस्पतालमा ल्याइसकिएको छ । गम्भीर घाइतेको उपचार उक्त अस्पतालमा सम्भव नभएपछि विराटनगरको नोबेल अस्पताल लैजाने तयारी भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप