शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनिस पत्रिकाको दाबी : किर्तिमानी रकममा एम्बापे रियल भित्रिदै

बुधबार, ११ साउन २०७४, १५ : ०१
बुधबार, ११ साउन २०७४

म्याड्रिड - रियल म्याड्रिडले किर्तिमानी रकममा फ्रेन्च क्लब मोनाकोका युवा खेलाडी कायलिन एमबाप्पेलाई भित्र्याउने गरी सहमति भएको स्पेनिस पत्रिकाले जनाएका छन् ।

म्याड्रिडको पत्रिका मार्काका अनुसार १८ करोड युरोमा फ्रान्सका १८ वर्षीय खेलाडीलाई सान्टियागो बेर्नाबेउ भित्र्याउन लागिएको हो । एम्बाप्पेलाई छिट्टै ६ वर्षको लागी अनुबन्धित गरिने समाचारमा उल्लेख छ । दुई क्लब र खेलाडिबीच स्थानान्तरणको सहमति भएको जानकारी मार्काले दिएपनि फ्रान्सका पत्रिका पेरिसियन र माटिनमा भने मोनाकोले रियलसँग त्यस्तो कुनै सम्झौता नभएको बताएको उल्लेख छ ।

यता मार्काले भने सुरुमा १५ देखि १६ करोड तिर्न तयार भएपनि रियलद्धारा थप २ देखि ३ करोड खर्चन तयार भएको कुरामा जोड दिएको छ ।

पछिल्लो वर्ष म्यानचेष्टर युनाईटेडले पाउलो पोग्बाका लागी युभेन्टस्लाई तिरेको रकम हालसम्म किर्तिमानको रुपमा रहेको छ । युनाईटेडले गत सिजन १० करोड ५० लाख युरोमा पोग्बालाई ओल्ड ट्राफोडमा अनुबन्ध गरेको थियो । हालैमात्र रियलले एम्बाप्पेको लागि रकम जम्मा गर्न अल्भारो मोराटालाई चेल्सीलाई बेचेको थियो ।

यता, गोलडटकमले भने इंग्ल्सि क्लब म्यान्चेस्टर सिटीले एम्बापेलाई भित्र्याउन किर्तिमानी रकम खर्चन तयार रहेको समाचार प्रकाशित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप