बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा नेपाली कामदारको सहज स्वास्थ्य परीक्षण गर्न तरुण दलको माग

शुक्रबार, २८ मङ्सिर २०७५, ११ : ४८
शुक्रबार, २८ मङ्सिर २०७५

काठमाडौं– वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको नेपाली कामदारहरुको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाल तरुण दलले त्यहाँस्थित नेपाली राजदूतावासलाई आग्रह गरेको छ । सहज स्वास्थ्य परीक्षणको व्यवस्था नहुदा नेपाली कामदारको मृत्यु भएका घटनालाई देखाउँदै नेपाल तरुण दलले कामदारको सहज स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन नेपाली दूतावासलाई आग्रह गरेको हो । 

नेपाली कामदारको अवस्था बुझ्न कतार गएको नेपाल तरुणदलका उपाध्यक्ष सहितको टोलीले नेपाली राजदूत रमेश कोइरालालाई भेटी कामदारको अवस्था र उनीहरुको सुरक्षा लगायत विषयमा जानकारी लिएका थिए । 

नेपालीहरुको ठुलो हिस्सा कतारमा छ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईले भने, ‘उनीहरुले कमाएर ल्याएको पैसाले नेपालको अर्थतन्त्र र उनीहरुको परिवार धानिएको छ । त्यसैले कामदारका परिवारको स्वास्थ्य बिमा र निःशुल्क वा सस्तोमा स्वास्थ्य परीक्षण गर्ने सहज व्यवस्था कतारमा पनि गरिनुपर्छ ।’ उनले भने, ‘देशको अर्थतन्त्र धान्ने कामदारको स्वास्थ्यलाई सरकारले अहिलेको अवस्थामा कमजोर ठान्न मिल्दैन । चापागाईले वैदेशिक रोजगारमा गएका युवा युवतीहरु स्वास्थ्य रहेको खण्डमा राज्यलाईनै फाइदा पुग्ने बताए । 

नेपाली कामदारहरु विदेशमा मर्ने घटना बढिरहेको भन्दै सरकारले नेपाली दूतावासहरुमा स्वास्थ्य सहचारी टोली राख्नुपर्ने बताए । अधिकांश मानिस अशिक्षित भएका कारण सम्बन्धित देशको भाषा र वातावरणबारे जानकारी नहुँदा आफुलाइ भएको स्वास्थ्य समस्या लुकाउने गरेका छन् । ‘

भाषाले गर्दा आफुलाइ भएको स्वास्थ्यको समस्या नभन्ने र अस्पताल समेत जाँदैनन् जसले गर्दा कतिपयको मृत्यु भएको छ,’ चापागाई भन्छन । टोलीले कामदारको सहज रुपमा पारिश्रमिकको व्यवस्थापन  गर्न पनि दूतावासलाई भनेको छ । कतारका लागि नेपाली राजदूत रमेश कोइरालाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै समस्या समाधानतर्फ अग्रसर हुने बताए । ‘केही समस्याहरु रहेका छन् त्यसलाई सुधार गर्न हामी लागि परेका छौं’ कोइरालाले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप