बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जस्टिनको ‘बेबी’ लाई उछिन्दै रिवान्ड २०१८ बन्यो युट्युबको इतिहासकै सबैभन्दा मन नपराइएको भिडियो

शुक्रबार, २८ मङ्सिर २०७५, ११ : ४७
शुक्रबार, २८ मङ्सिर २०७५

एजेन्सी । हरेक वर्ष गुगलले युट्युब भिडियो सार्वजनिक गर्छ जसमा टप भिडियो, व्यक्ति, संगीत र क्षणलाई समावेश गरिन्छ ।

एक वर्ष भरिको उत्सव भनिने ‘युट्युब रिवाइन्ड’ लाई आनन्ददायी भिडियोको रुपमा लिने गरिन्छ ।

तर, यो वर्ष भने ठीक उल्टो भएको छ । गुगलको युट्युब रिवान्ड २०१८ भिडियो प्लाटफर्मको इतिहासमै सबैभन्दा ‘डिसलाइक्ड’ (मन नपराइएको) भिडियो बनेको छ ।

सन् २०१८ को युट्युबमा विल स्मिथ, जोन ओलिभर, ट्रेभर नोआ, निन्जाजस्ता चर्चित सेलिब्रेटीहरु देख्न सकिन्छ ।

तैपनि भिडियोले सकारात्मक प्रतिक्रिया पाउन सकेन ।

यतिबेला युट्युवले फेसबुक वाच र इन्टाग्रामको आइजीटिभीबाट ठूलो प्रतिस्पर्धा खेपिरहेको छ । जसको कारण युट्युवले रिवाइन्डलाई ‘वर्षको उत्सव’ भन्दा पनि कर्पोरेट दृष्टिकोणबाट प्रस्तुत गर्न शुरु गरेको छ ।

यसै कारण यो भिडियोलाई धेरैले नरुचाएको विश्लेषकहरुको भनाई छ ।

युट्युव रिवान्डलाई १ करोडभन्दा बढीले डिस्लाइक गरिसकेका छन् । योसँगै भिडियोले धेरै मन नपराइएको भिडियोमा जस्टिन बिबरको ‘बेबी’लाई पनि उछिनेको छ । बेबीलाई ९० लाख बढीले डिस्लाइक गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप