बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमस मार्केटमा गोलीबारी गर्ने २९ वर्षेको ४८ घण्टापछि गोली हानी हत्या

शुक्रबार, २८ मङ्सिर २०७५, १० : २५
शुक्रबार, २८ मङ्सिर २०७५

गत मंगलबार फ्रान्सको स्ट्र्यासबर्गस्थित क्रिसमस मार्केटमा हमला गर्ने व्यक्तिको घटनाको ४८ घण्टापछि गोली हानी हत्या गरिएको फ्रान्सका गृहमन्त्रीले जानकारी दिएका छन् ।

हज्जारौंलाई आकर्षित गर्ने फ्रान्सको निकै चर्चित स्ट्र्यासबर्ग स्ट्रिटस्थित क्लेबरको क्रिसमस मार्केटमा मंगलबार स्थानिय समयानुसार बेलुका ८ बजे गोलीबारी गरेका थिए ।  प्रत्यक्षदर्शीका अनुसार गोली चलाउँदा ती ब्यक्तिले ‘अल्लाहु अकबर’ भन्दै चिच्याएका थिए ।  

गोलीबारीमा तीनजनाको मृत्यु भयो भने दर्जनौं सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन सन्तानका पिता अफगानिस्तान मूलका कमल नाग्छबान्ड, स्ट्रास्बर्गकै ६१ वर्षे अवकाशप्राप्त बैंकर र श्रीमतीसहित थाइल्याण्डबाट फ्रान्स घुम्न आएका ४५ वर्षे अनुपोङ्ग स्विबसामार्न रहेका छन् ।

२९ वर्षे चेकाट फ्रान्स र जर्मनीमा आपराधीको सूचीमा थिए । जेलमा हुँदा उनी कट्टर इस्लामिस्ट भएको बताइन्छ ।

चेकाट कसरी भेटिए ?

गृहमन्त्री क्रिस्टोफर क्यास्टाचेरका अनुसार तीन पुलिस अधिकारीले चेकाटलाई स्थानीय समयानुसार ९ बजे स्ट्र्यासबर्गको हुलियासँग मेल खाने व्यक्तिलाई देखेपछि सोधपुछका लागि रोक्न खोज्दा उनले पछाडि फर्किएर गोली चलाए । पुलिसले पनि जवाफी गोली चलाएर हमलाकर्तालाई सुरुमा निष्क्रिय पारेको र पछि हत्या गरिएको बताइयो ।  

चेकाटको खोजीमा थुप्रै फ्रेन्च पुलिस र सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

घटनामा संलग्न भएको आशंकामा पाँचजनालाई पक्राउ गरिएको छ जसमध्ये सेरिफ चेकाटका आमा–बुवा र दुई भाइ पनि समावेश थिए ।

स्ट्र्यासबर्गका मेयर रोलान्ड रिजले चेकाटलाई फेला पारिएको अर्थ उनको शहरका मानिसहरुका अब दैनिक जीवनमा आनन्दसँग फर्किनसक्ने अवस्था सिर्जना हुनु हो ।

गृहमन्त्री कास्टानेरले सुरक्षाकर्मीलाई ट्वीट गर्दै धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप