शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालयमै शौचालय छैन तैपनि खुल्ला दिसामुक्त क्षेत्र

शुक्रबार, २८ मङ्सिर २०७५, १० : १३
शुक्रबार, २८ मङ्सिर २०७५

निकेश खनाल

बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिकको खुल्ला दिसामुक्त अभियान कागजमै  सीमित भएको छ ।  

अभियानको क्रममा शौचालय नहुने अधिकाश क्षेत्रलाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेर अभियानलाई कागजमा मात्र सिमित गरेको पाइएको हो । 

नगरका विभिन्न क्षेत्रलाई खुल्ला दिसामुक्त अभियान कार्यक्रम हतार—हतारमा सक्ने होडवाजी गरी कार्यक्रमको नाममा आएको बजेट कुम्ल्याउने सरकारी तथा गैरसरकारी संस्थाहरुको चाल रहेको बताउँछन् बर्दिवास नगरपालिका वडा नं ७ का वडा अध्यक्ष फाल्गुन सुसलिङ । 

उनले भने — “सरसफाई कार्ड वितरण गर्ने वडा नं  ७ को वडा कार्यलय मै शौचालय छैन, शौचालय नभएको कारण वडाका कर्माचारी, सेवाग्राही र जनप्रतिनिधि समेत खुल्ला ठाँउमा दिसा पिसाब गर्न बाध्य छन् ।’ 

वडा कार्यलयमा शौचालय बनाउन पटक —पटक नगरपालिकालाई ताकेता गर्दा समेत नगरप्रमुखले कुनै चासो नदेखाएको उनको गुनासो छ । 

त्यसैगरी बर्दिवासको मुख्य बजारमा भएको एक मात्र सार्बजनिक शौचालय पनि ब्यवस्थित नहँुदा बजारमा किनमेल गर्न आउने र बाटो हिँडने बटुवा बजारका घरको पर्खालमा ओत लागेर दिशा पिशाब गर्न बाध्य छन् ।

नगरमा ठोस पूर्वाधार नै निर्माण नगरी २०७३ असार ३० गते  हतार—हतारमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरियो । 

बर्दिबसका ग्रामिण क्षेत्रतिर शौचालय प्रयोगबिहीन बन्ने क्रम पनि बढ्दै जान थालेको छ । ग्रामीण क्षेत्रतिर खुल्ला दिसामुक्त अभियान प्रभावकारी बन्न नसकेको स्थानियहरु नै बताउँछन् ।

यता, बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्कीले अबको १–२ महिना भित्रै वडा नं ७ को वडा कार्यलयमा शौचालय बनाइने र बर्दिवाका मुख्य बजारमा ६ लेनको कालो पत्रे सडक बनेपछि शौचालय ब्यवस्थित गरिने प्रस्ट पारे । उनले शौचालय बनाउन अटेर गरेका तथा खुल्ला ठाउँमा दिसा पिसाब गर्नेलाई नगरले कारबाही गर्ने बताए । 

प्रमुख कार्कीले वडा नम्बर ७ मा शौचालय नबनेसम्म वडाका कर्माचारी, जनप्रतिनिधि र सेवाग्राहीले तत्काललाई  कार्यलय नजिकैको स्वास्थ्य चौकीको शौचालय प्रयोग गर्न सकिने जनाए । 

नगरलाई रतौली युवा क्लब, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरी र बर्दिबास नगरपालिका लगायत बिभिन्न सरकारी र गैरसरकारी संघसंस्थाले सहकार्य गरेर खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । 

अभियानलाई आगामी दिनहरुमा प्रभावकारी बनाउन तथा सरकार बाट आएको बजेट ब्रम्हलुट नगरी जनताको लागि उपयोग गर्ने भन्ने प्रतिबद्धता स्वरुप खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेपनि त्यसको प्रभावकारी कार्यान्वय भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप