शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'धेरै युुवतीसँग घुम्ने वातावरण मिल्दैन'

शुक्रबार, २८ मङ्सिर २०७५, १० : ००
शुक्रबार, २८ मङ्सिर २०७५

पछिल्लो समय मोडलिङमा चिनिएको नाम हो –दृश्य सुवेदी । सन् २०१२ बाट मोडलिङमा होमिएका उनी अभिनित दर्जनौँ भिडियो हिट भएका छन् । ‘मिस्टर नेपाल’ र ‘म्यान हन्ट’का अलवा २०१२ को ‘सुपर मोडल कन्टेस्ट’मा समेत सहभागी उनी यो प्रतियोगिताका सुपर डिसिप्लिन उपाधि विजेता पनि हुन् । ‘पानीको फोका जस्तै फुट्यो हाम्रो माया...’ गीतको अभिनयपछि मात्र दर्शकको रोजाइमा पर्न सफल उनले अहिलेसम्म तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । नेपथ्य, जङ्गे, प्रियसीलगायत चलचित्रसमेत अभिनय गरेका पूर्वी नेपाल ताप्लेजुङका उनले चलचित्रको मुख्य भूमिकामा भने अवसर पाएका छैनन् । अहिले केही चलचित्रको मुख्य भूमिकाका लागि अफर आए पनि फाइनल हुन बाँकी रहेको उनी बताउँछन् । उनै सुवेदीसँग रातोपाटीको दश प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
– म्युजिक भिडियो अभिनयमै छु । सातामा २, ३ वटासम्म भिडियो सक्ने गरेको छु । अहिले केही चलचित्रमा पनि कामको कुरा भइरहेको छ । फाइनल हुन बाँकी छ ।

कलाकारिताबाट जीवन चलाउन सकिन्न भनिन्छ नि ?
– निरन्तर लागिपर्नेका लागि सजिलो छ । यसको कमाइले जीवन धान्न पुग्छ । अहिले कलाकारिता पनि राम्रो कमाउन सक्ने पेसा भइसकेको छ । 

सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?
–त्यस्तो केही ध्यान दिन्न । प्रायः हल्का तेल लगाएर कपाल कोर्ने हो । अरू केही गर्दिनँ । अभिनयको बेला भने अनुहारमा मेकअप र हेयरस्टाइल बनाउने गरेको छु ।

कसरी फिट रहनु हुन्छ ?
– मोडलका लागि फिटनेस अति आवश्यक छ । मोडलले बिकाउने नै अनुहार र जिउडाल हो । यसका लागि फिटनेस अति आवश्यक छ । म प्रत्येक दिन करिब २ घन्टा जिम गर्छु । काम परेको बेलामा जिम जान भ्याइन भने मर्निङवाक गर्ने गरेको छु ।

फेसनतिर रुचि छ कि छैन ?
– अलि अलि छ । हेभी फेसन भने गर्दिनँ । आफूलाई सुहाउने र इच्छा लागेको लगाउने गरेको छु । मलाई बढी स्पोटी खालका पहिरन मनपर्छ । त्यसैले बढी ट्र्याक प्रयोग गर्छु ।

मोडलिङको पहिलो आम्दानी ?
– २००२ मा एउटा भिडियो अभिनय गरेको थिएँ । त्यसबाट ८ हजार प्राप्त भयो । सो रकम आमालाई दिएँ । अहिले म जे अवस्थामा छु, आमाबुबाकै देन हो । आफूले कमाउनुभन्दा अगाडि आमाबुबाबाट लिन्थेँ । कमाउन थालेपछि दिन थालेँ ।

अभिनय बाहेकको रुचि ?
फुटबल खेल्न मनपर्छ । साथीहरूसँग घुम्न पनि मनपर्छ ।

मनपर्ने खानेकुरा ?

दालभात तरकारी नै हो ।

पुरुष मोडलले धेरै युवती घुमाउँछन् भनिन्छ हो ?
म विवाहित हुँ, त्यसैले धेरै युुवतीसँग घुम्ने वातावरण त मिल्दैन । तर कहिले काहीँ घुमाउँछु । घुमाउनु नै पर्ने परिस्थिति आउँछ ।

कुन अभिनेत्रीसँग रोमान्स गर्ने इच्छा छ ?
– अहिले चलेकी अभिनेत्री भनेको साम्राज्ञी हुन् । संजोग जुर्यो भने उनीसँग पर्दामा रोमान्स गर्ने इच्छा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप