बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्युबारे बोले गृहमन्त्री

बुधबार, ११ साउन २०७४, १४ : १०
बुधबार, ११ साउन २०७४

काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले भोजपुरमा तीन बालबालिका मृत अवस्थामा फेला परेको घटनाबारे अनुसन्धान गर्न सम्पूर्ण शक्ति र प्रविधि परिचालन गरिएको बताएका छन् । 
 बुधवार संसदको राज्य ब्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भोजपुरको अरुण गाउँपालिका–३ प्याउलिमा गत असार १२ गते घटेको घटनाका सन्र्दभमा सम्पूर्ण शक्ति र प्रविधि प्रयोग गरेर अनुसन्धान अगाडी बढाइएको बताए । 

‘सम्पूर्ण शक्ति र प्रविधि लगाएर अनुसन्धान गर्नका लागि निर्देशन भएको छ, त्यसै अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढेको छ’ उनले भने, ‘भोजपुरको घट्ना निर्मम भएकोले कुनै पनि हालतमा त्यसको अनुसन्धान हुनुपर्छ ।’
अरुण गाउँपालिका स्थित प्याउलीमा गत असार १२ गते बिहान तिन जना बालवालिका मृत अवस्थामा फेला परेका थिए । 
उक्त घट्नाको अनुसन्धान स्थानिय र क्षेत्रिय स्तरबाट भैसकेको जानकारी दिँदै मन्त्रि शर्माले भने, ‘केन्द्रिय स्तरबाट थप साधन स्रोत सहितको शक्ति गएर अनुसन्धान गर्न निर्देशन भैसकेको छ, अनुसन्धान प्रक्रिया अगाडी बढेको छ ।’
उक्त घट्नाको अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन भएको र उक्त कुकुर निश्चित स्थानमा पुगेर फर्किएको बारे समितिका सदस्य रामेश्वर फुयाँलले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘कुकुर फर्किएको तथ्यबारे मैले बुझेको थिएँ, अनुसन्धान गर्दै जाँदा एक ठाउँमा पुग्नु र फर्कनु सन्दर्भको कुरा मात्र हो, घटनाको सन्दर्भमा कुकुर फर्किएको हैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप