बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईंको आजको दिन कति फलदायी ? हेर्नुस् राशिफल

शुक्रबार, २८ मङ्सिर २०७५, ०६ : ०८
शुक्रबार, २८ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर २८ गते । शुक्रबार । इस्वी सन् २०१८ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि सप्तमी,  ४४ घडी २३ पला,  रातको १२ बजेर ४३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र शतभिषा,  ३३ घडी २३ पला,  बेलुकी ०८ बजेर ०९ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग बज्र,  ४२ घडी १७ पला,  बेलुकी ११ बजेर ४२ मिनेट उप्रान्त सिद्धि । करण गर,  बिहान ११ बजेर ३६ मिनेट उप्रान्त वणिज,  रातको १२ बजेर ३३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कुम्भ । पञ्चक ।

काठमाडौंमा सूर्याेदय ०६ बजेर ४७ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अः  सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारी साधन तथा अन्य सम्पत्ति लाभ हुने योग छ । 

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पत्ति कमाउन सकिनेछ । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । 

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा संस्कृतिसँग सम्बन्धित सामानको कारोबार फस्टाएर जानेछ । अध्ययनमा सुधार हुने तथा शिक्षासँग सम्बन्धित कामहरू समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरू समयमा नै सम्पन्न हुने हुँदा मन प्रशन्न रहनेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)  व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्नेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्य कुराहरू बहिर आउन सक्ने हुनाले सजक रहनुपर्नेछ । श्वास प्रश्वास तथा छातीसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महसुस हुनेछ । दिदीबहिनीसँग मनमुटाब बढ्ने योग रहेको छ ।  सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला, दिन मध्ययम रहेको छ । 

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पर्यटनसम्बन्धी व्यावसाय फस्टाएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हँुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पतिपत्नी बीचको सम्बन्ध कसिलो भएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथीभाइ तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) आफन्त तथा मामली पक्षको सहयोग पाइने हुनाले काम गर्न शरीरमा ऊर्जा पैदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने थोरै लगानीबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभूति हुनेछ । प्रेममा रमाउन चाहनेका लागि समय उत्तम रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) प्रयन्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्ने आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृढ हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन सङ्ग्रह गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाइ हुनेछ । राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरूले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  आत्मीय मित्र तथा दाजुभाइहरूको सहयोग पाइने हुँदा मन प्रसन्न हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरू थपिनेछन् । माया प्रेममा रमाउन चाहानेहरूका लागि समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ । दैनिक जीवनलाई सहज हुँने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुँने योग रहेको छ । पठन पाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपार्इंको नाम अग्र स्थानमा आउनेछ ।  शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापन सुदृढ हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलाशी वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । 

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आत्मीय मित्र तथा सहयोगीको सहयोग नपाउँदा थालेका कामहरू बीचमा छोड्नुपर्ने हुन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुँदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यही बेलामा आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् । लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रसङ्गमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप