शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन हजार फरार अभियुक्त पक्राउ

बिहीबार, २७ मङ्सिर २०७५, २१ : ०४
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । 

चालू आवको कात्तिकसम्म तीन हजार ५७ जना फरार अभियुक्त र ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । 

प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको बताए । 

यस्तै विभिन्न जिल्लामा गरेर करीब १९ बिघा जमीनमा लगाइएको गाँजाखेती नष्ट गरिएको छ । अहिलेसम्म ५४ हजार १५८ लिटर घरेलु मदिराको कच्चा पदार्थसहित ७९ हजार ५४ लिटर घरेलु मदिरा नष्ट गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

सो अवधिमा सामुदायिक सुरक्षा अभिवृद्धि गर्न सिसी टिभीको स्थापना र विस्तारलाई प्राथमिकता दिँदै प्रहरीको स्रोत र समुदायको साझेदारीमा देशभर कूल ७८४ स्थानम सिसी टिभी जडान गरिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप