शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा पौडेल नियुक्त

बिहीबार, २७ मङ्सिर २०७५, २० : ५०
बिहीबार, २७ मङ्सिर २०७५

भरतपुर । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई दुई वर्षका लागि समितिको अध्यक्षमा आज नियुक्त गरिएको हो । 

तनहुँ देवघाट गाउँपालिका–५ का पौडेल यसअघि साविकको देवघाट गाविसका अध्यक्ष थिए । सामुदायिक अध्ययन केन्द्र र देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षसमेत रहेका पौडेल देवघाटका विभिन्न धार्मिक सङ्घसंस्था, गुरुकुल, आश्रम, विद्यालय, रेडक्रस लगायतका विभिन्न २२ सामाजिक सङ्घसंस्थामा आबद्ध छन् । 

अध्यक्ष भएपछि पौडेलले देवघाटधामलाई नेपालको धार्मिक पर्यटकीय केन्द्र बनाउने बताए । देवघाट धार्मिक र सांस्कृतिक केन्द्र भएकाले आवश्यकता र प्राथमिकताका आधारमा काम गरिने बताउँदै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप