विवेक समूहले गर्यो आत्मसमपर्ण, बुझायो तीन थान पेस्तोल
विराटनगर । अखिल जनतान्त्रिक तराई मुक्तिमोर्चा विवेक समूहका चार जनाले हतियारसहित सरकारी वर्ता टोलीसमक्ष यहाँ आज आत्मसमर्पण गरेका छन् ।
नेपालको संविधानको मूलधारमा रही काम गर्ने र समान्य जीवनयापन गर्ने उद्देश्यका साथ रामु कामैत भन्ने रामनन्दनकुमार कामैत, विनायककुमार यादव, विनोदकुमार यादव र जयप्रकाश लिचपुरिया छन् ।
उनीहरुले तीन थान पेस्तोल वार्ता टोलीका संयोजक सोमनाथ पाण्डेललाई बुझाए । अन्य बाँकी हतियार पुसको पहिलो सातामा बुझाउने भनिएको छ ।
गएको भदौ ८ गते सरकारले गठन गरेको वार्ता टोलीको संयोजक पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी र गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने छोटो अवधिमै २४ वटा समूहसँग कुराकानी गरिसकेको जनाएको छ ।
‘कतिपय समूहको अस्तित्व पनि नरहेको र अस्तित्वमा रहेका समूहका केही मानिस जेल छन्’, संयोजक पाण्डेले बताए ।
वार्ता टोलीका संयोजक पाण्डेले राजनीतिक प्रकृतिको सीके राउतको समूह नभएको र विप्लब समूह राजनीतिक प्रकृतिका भए पनि वार्ताका लागि प्रयास भइरहेको जानकारी दिँदै आज आत्मसमर्पण गर्ने विगतमा गोइत समूहका भएको स्पष्ट पारे ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले संविधान कार्यान्वयनको दिशातर्फ बढिरहेको समयमा यस्ता समूहका मानिस मुुलुकको मूल धारमा आउनु शान्ति र समृद्धिका लागि आधार बनेको चर्चा गरे ।
आत्मसमर्पण गर्ने विनायककुमार यादवले नेपालमा अब विकास गर्नुपर्छ, हत्या हिंसाको राजनीतिले मुलुकको चौतर्फी विकास हुन नसक्ने भएकाले हामी संविधानको मूल धारमा आएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोटुलालले पाए १७ लाख, प्रहरीले फिर्ता गर्यो धनीलाई
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे
-
सप्रिम सहकारी प्रकरण : थुनछेक बहस जारी, आदेश शुक्रबार आउने
-
‘ओलीको बुद्धि पलाउने बेला रौँ पलाउन थालेछ’
-
मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता