शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद घर्तीमगरको नयाँदिल्लीमा निधन

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ५८
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीमगरको निधन भएको छ । सांसद घर्तीमगरको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हा । 

घर्तीमगरको गएराति १ बजे मृत्यु भएको अस्पतालको डाक्टरले घोषणा गरेको उनका आफन्तले जानकारी दिए । ४६ वर्षीय घर्ती विगत केही दिनदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । 

१७ दिनसम्म काठमाडौंस्थित ग्राण्डी अस्पतालको आइसीयूमा राखेर उपचार गराइरहेका घर्तीमगरलाई झनै बढी भएपछि गत मंगलबार भारतको राजधानी नयाँ दिल्लीस्थित अपोलो अस्पताल पुर्याइएको थियो ।

एयर एम्बुलेन्सबाट घर्तीमगरलाई अपोलो अस्पतालमा पुर्याएर उपचारको लागि भर्ना गरिएको थियो । उनको लिभर आईसीयूमा राखी उपचार गरिएको थियो । 

सांसद घर्तीमगर बागलुङको क्षेत्र नं २ को ‘ख’बाट प्रदेशसभा सदस्यमा बामगठवन्धनबाट उम्मेदवार बनी विजयी भएका थिए । उनी ढोरपाटन नगरपालिका– ५ अधिकारीचौर सइखोला निवासी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप