शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुढिगण्डकी जलविद्युत गेजुवालाई दिने निर्णयमा जलस्रोतविद्को आपत्ति

बुधबार, ११ साउन २०७४, १४ : ०१
बुधबार, ११ साउन २०७४

काठमाडाैं– विज्ञहरुले पनि बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । विज्ञहरुले नेपालको जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रलाई उत्साही बनाउन र वैदेशिक लगानी भित्रयाउन समेत बुढिगण्डकी जलविद्युत आयोजना नेपाल आफैले बनाउनुपर्ने पनि स्पष्ट पारेका छन् ।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा जलस्रोतविद् लक्ष्मीप्रसाद देवकोटाले बुढिगण्डकी जलविद्युत आयोजना नेपाल आफैले सम्पन्न गर्नुपर्ने बताए । उनले बुढिगण्डकी जलविद्युत आयोजना नेपाल सरकार आफैले सम्पन्न गरे वैदेशिक लगानी समेत भित्रयाउन वातावरण बन्ने उल्लेख गरे । जलस्रोतविद् देवकोटाले जलविद्युत आयोजनामा लगानी गर्न नेपालमा धेरै वित्तिय संस्थाहरु समक्ष रहेको पनि स्मरण गराएका थिए । 
अर्का जलस्रोतविद् रामहरि कोइरालाले बुढिगण्डकी जलविद्युत आयोजना विदेशी कम्पनीलाई दिने सरकारको निर्णय मुलुकको हितमा नरहेको बताए । उनलेसरकार र निजी क्षेत्रको लगानीमा सो आयोजना निर्माणको काम सम्पन्न गर्न सकिने पनि स्पष्ट पारे ।  
१२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण गर्ने काम चीनको गेजुवा कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप