शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ३५
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– काठमाण्डौं उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

आफुलगायत कैयौं सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् । यस्तै युएन वुमनका बिकासका लागि सञ्चार अधिकृत आश्मा श्रेष्ठले राज्यको चौथो अंग नै पत्रकार भएकाले पत्रकारले आफ्नो पत्रकारिता मार्फत लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिन जोड दिइन ।

सामुदायिक सुचना नेटवर्क सीआइएनका प्रमुख दीपक आचार्यले अझै ८७ प्रतिसत नागरिकले महिला हिंसा बिरुद्ध भएका कानुनको बारेमा अझै जानकारी नपाएको सर्वेक्षणले देखाएको बताउँदै सञ्चार माध्यमले यो बिषयमा प्राथमिकता दिनु पर्ने बताए । सहभागि पत्रकारहरुबीचको छलफलबाट आगामि दिन लैगिंक हिंसा बिरुद्ध नियमित कार्यक्रम गर्ने निष्कर्ष निकालिएको आचार्यले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप