शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजदूत शेर्पामाथि लागेको आरोप प्रमाणित भए कार्वाही हुन्छ : मन्त्री बास्कोटा

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ३२
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारवाही हुने बताएका छन् ।  गत २४ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजदूत शेर्पामाथि लागेका आरोप र सार्वजनिक टिप्पणीप्रति सरकार जानकार रहेको भन्दै आरोपहरु प्रमाणित भए कारवाही हुने बताएका हुन् ।

उनले बाहिर आएका विषयमा सत्यता भए नभएको बारे सम्बन्धित व्यक्तिबाट नै जानकारी लिनु राम्रो हुने भएकाले परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई बोलाएको बताए । फरक प्रसङ्गमा मन्त्री बास्कोटाले द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिबारे बहस गर्नु आवश्यक नभएको टिप्पणी गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले कुनै विचार, धर्म वा नयाँ परिस्थितिको विश्लेषण नभएकाले आँधीको रुपमा बुझ्नुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारे ।

उनले भने– ‘यो आँधी कहिलेकाँही १२ बजे मध्यान्हमा कुनै सानो ठाउँमा यसो अलिकति भ्याकुम भो भने उठ्या तुफान जस्तो मात्रै हो । यो कुनै आँधी, सामुद्रिक आँधी, शक्तिशाली आँधी, १०÷१२ हेक्टर स्केलको भूकम्पले पैदा गरेको सुनामीजस्तो होइन यो ।’

द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिलाई लिएर आलोचना हुँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप