शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिभिएस जुपिटर क्लासिक अब अटम ब्राउनमा

बिहीबार, २७ मङ्सिर २०७५, १९ : २९
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं – नेपालका लागि टिभिएस स्कूटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा आफैंमा युवाहरुमाझ लोकप्रिय छ ।

यस क्लासिक संस्करणमा सनलीट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् । चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिन्छ । 

‘टिभिएस जुपिटर क्लासिक अटम ब्राउन’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ती उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ । पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक अटम ब्राउन सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देखिन्छ ।

चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुन्छ । जसले हाम्रो अर्थ व्यवस्थामा सहयोग पुग्छ । टिभिएसको जुपिटर क्लासिक अटम ब्राउनको बजार मूल्य १ लाख ९८ हजार ९ सय रहेको छ र उक्त स्कुटर टिभिएसका नेपाल अधिराज्य भरिका डिलरबाट खरिद गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप