बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कारबाही गर्न महासंघको माग

बिहीबार, २७ मङ्सिर २०७५, १९ : १६
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं । नेपाल पत्रकार महासंघले पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने मिडिया हाउसमाथि कडा कानुनी कार्वाही माग माग गरेको हो । 

सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिमा समेत पछिल्लो पटक वृद्धि गरिएको श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएपछि त्यस्ता मिडिया हाउसमाथि कार्वाही गर्न सरकारसँग माग गर्नु परेको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । 

महासंघले मन्त्री बास्कोटासँग स्वतन्त्र र स्वायत्त राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न पनि गम्भिर ध्यानाकर्षण गराएको छ । महासंघको ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री बास्कोटाले पत्रकारहरुको पछिल्लो पटक वृद्धि गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराएका थिए । 

महासंघले स्थानीय तहबाटै सञ्चारमाध्याम दर्ता, नविकरण, सञ्चारमाध्यामको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको भूक्तानी दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप