शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब भारु नेपालमा प्रतिबन्ध, कुन–कुन नोट ?

बिहीबार, २७ मङ्सिर २०७५, १९ : ०३
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं । सरकारले नेपालमा भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारको नोट प्रयोगमा रोक लगाएको छ । 

बिहिबार सञ्चार तथा सूचना प्रविधी मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बास्कोटाले यी नोटहरु ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकोले चलनचल्तिमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने जानकारी दिएका हुन । 

गत मंसिर २४ गते बसेको मन्त्रीपरिषद् बैठकको जानकारी दिने क्रममा मन्त्री बास्कोटाले विगतमा भारतले १ हजारको दरका नोटमाथि प्रतिबन्ध लगाएका बेला नेपालको पश्चिम पहाड र तराईमा १० देखि १२ अर्ब छ कि भन्ने सुनिएको बताँउदै नेपाली बैंकमा रहेको पैसाको समस्या त्यतिबेलाको नेतृत्वले हल गर्न नसकेको उल्लेख गरे । 

भारतीय नीति परिवर्तन भएमा त्यसको मार नेपालीलाई पर्ने भएकोले नेपालमा ठूला दरका भारतीय नोट प्रयोगमा निरुत्साहित गर्न सरकारले यो कदम चालेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप