शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर लगानीकर्ताको जायज माग सम्बोधन हुन्छ : नेता गुरुङ

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ५३
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौँ । शेयर बजारमा सुधारको माग राख्दै धर्नामा बसेका शेयर लगानीकर्ताको मागमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देव गुरुङले ऐक्यबद्धता जनाएका छन् । 

नेकपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका नेता गुरुङले लगानीकर्ताको जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए । शेयर लगानीकर्ता विगत पाँच दिनदेखि नेपाल स्टक एक्सचेञ्जको कार्यालय अगाडि धर्नामा छन् । 

उनले भने, ‘कहाँकहाँ कसरी सुधार गर्नुपर्छ भन्ने विषयमा हाम्रोतर्फबाट पहल हुन्छ । बजारको सुधार र विस्तारका लागि आवश्यक पहल हुन्छ ।’

उनले शेयर लगानीकर्ताले शान्तिपूर्णरुपमा आफ्ना माग राखेको र बजार सुधारको आवाज उठाएको भन्दै यसभन्दा अगाडि बढेर अन्य विरोधका कार्यक्रम भने जरुरी नरहन सक्ने उल्लेख गरे । 

उनले समस्याको सम्बोधनका लागि संवाद र सहमति नै उत्तम विकल्प भएको भन्दै त्यसबाट नै निकास खोज्न आग्रह गरे । उनले लगानीकर्ताको मागलाई सरकारले उचितरुपमा सम्बोधन गर्ने विश्वाससमेत व्यक्त गरे । 

बजार सुधारको माग राख्दै शेयर लगानीकर्ता विगत पाँच दिनदेखि स्टक परिसरमा धर्नामा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप