शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा मुख्यमन्त्री कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ३८
बिहीबार, २७ मङ्सिर २०७५

बुटवल । पाचँ नम्बर प्रदेशमा मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेशको अस्थाई राजधानी रहेको बुटवलमा लामो समयदेखि क्रियाशिल बुटवल ब्याडमिन्टन क्लबले व्याडमिन्टन खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रदेश नम्बर पाँच स्तरीय (मुख्यमन्त्री कप) तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको गर्न लागेको हो । 

आउँदो पुस १ गतेदेखि शुरु हुने प्रतियोगिताको तयारी तीब्र बनाइएको क्लबले आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रतियोगिता बुटवल–९ पवित्रनगरस्थित नवदिलीप कवर्ड हलमा हुनेछ । 

प्रतियोगितामा प्रदेश नम्बर पाँचका १२ जिल्लाबाट १ सय ३० टिमले प्रतिस्पर्धा गर्ने क्बलका अध्यक्ष रमेश बहादुर थापाले जानकारी दिए । प्रतियोगिताको १० हजार दर्शकहरू अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतियोगिता मेन्स सिंगल, मेन्स डबल, मेन्स भट्रान्स र मेन्स खुल्ला गरी ४ विद्यामा हुनेछ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ । क्लबले विगतका वर्षहरू पश्चिमाञ्चल स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको थियो । 

प्रतियोगितामा प्रथम हुनेले मेन्स सिंगलबाट प्रथम हुनेले ३० हजार, मेन्स डबल हुनेले ५० हजार, भेट्रान्सबाट प्रथम हुनेले ३० हजार र खुल्लाबाट प्रथम हुनेले ५० हजार पुरस्कार पाउने खेल संयोजक नलराज नेपालले जानकारी दिए ।

टिम दर्ता शुल्क २ हजार ५ सयदेखि ४ हजार रूपैयाँसम्म राखिएको छ ।  क्लबका सचिव शम्भु भट्टराईले प्रदेश पाँचमा ब्याडमिन्टन खेलको विकास गर्नु आफूहरूको प्रमुख लक्ष्य रहेको बताए ।

पछिल्लो समय रूपन्देहीमा व्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको छ । २० भन्दा बढी व्याडमिन्टन क्लबहरू गठन भई नियमित खेल र प्रतियोगिताहरू गर्दै आएका छन् । 

प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले गर्नेछन् भने समापन प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप