शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ३४
बिहीबार, २७ मङ्सिर २०७५

सिरहा– सिरहाको सुखिपुर नगरपालिकाम एक महिनामा दुईवटा सामूहिक बलात्कारका घटना भएका छन् । सुखिपुर नपा ६ खरहीटोलमा हिजो बुधबार वेलुकी एक बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन् । बुधबार वेलुका घरबारीमा पिसाव फेर्न निश्केकी १२ वर्षीय एक बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजिकैको खेतमा लगेर सामुहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
छोरी निकैबेरसम्म नखाएपछि खोज तलास गर्दा खेतमा भेटिएको अभिभावकलाई उदृत गर्दै प्रहरीले जनाएको छ । छोरी चिच्याएपछि बलात्कारमा संलग्न दुवैजना भागेको अभिभावकको भनाई रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवैजना युवाहरु गाउँकै भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने भन्दै पीडकहरुको नाम सार्वजनिक गर्न नसकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले बताए ।

पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय सिरहामा स्वास्थ्य परीक्षण भइसकेको पनि प्रहरीले बताए । प्रहरीका अनुसार फरार दुवै युवकहरुको खाजी भइरहेको छ । त्यसैगरी, सुखिपुर नपा २ मा कात्तिक २७ गते राती घरमै सुतिरहेकी एक महिलामाथि सामूहिक बलात्कार भएको थियो ।

गाउँमा छैठ पर्वको अवसरमा भएको नाटकको होहल्लाका बीच महिलालाई कुटपिट गरी चारजना युवाहरुले बलात्कार गरेका थिए । बलात्कारमा संलग्न २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाए पनि दुईजना भने अझै फरार रहेका छन् । 

स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार गरेका थिए । बलात्कारका संलग्नमध्ये समशुल मिया, इसराफूल मियाँ पक्राउ परेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप