ए डिभिजन लिग फुटबलः संकटा लिगको दोस्रो स्थानमा उक्लियो
काठमाडौं । संकटा क्लब पल्सर सहिद स्मारक ‘ए डिभिजन लिग’ फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउँदै संकटा लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक÷एक गोल गरे ।
खेलको ११ औं मिनेटमा एकल प्रयासमा अबाले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको १४ औं मिनेटमा दिपेशले गोल गर्दै संकटालाई २ ० को जित दिलाए ।
जितसँगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसँगै संकटाले शीर्ष स्थानको सिग्नेचर मनाङ मस्र्याङदीसँग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ ।
यस्तै आज भएको अर्को खेलमा सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा सरस्वतीले न्यूरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले ७३ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाए ।
जितसँगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ । एनआरटीले ८ खेलमा १ अंक जोडेको छ । एनआरटी लिगको पुछारमा छ ।
जावलाखेल युथ क्लब विजयी
यस्तै हल्चोकस्थित एपीएफ मैदानमा बिहिबार नै भएको खेलमा भने जावलाखेलले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन् ।
जितसँगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ । जावलाखेल लिगको दशौं स्थानमा उक्लिएको छ । एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत