शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो वर्ष ६६ प्रतिशत मुद्धाको अन्तिम किनारा

बिहीबार, २७ मङ्सिर २०७५, १८ : २५
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– सर्वोच्च अदालत लगायत मातहतका अदालत तथा न्यायाधिकरणहरुले गत आर्थिक बर्षमा झण्डै ६६ प्रतिशत मुद्धाको अन्तिम किनारा लगाएका छन् ।  गत आर्थिक बर्ष २०७४÷७५ मा सर्वोच्च अदालत र मातहत अदालत एवम् न्यायाधिकरणहरुले गरेको कार्य सम्पादन प्रतिवेदनमा ६५ दशमलब ७७ प्रतिशत मुद्धाको अन्तिम किनारा भइसकेको देखिएको हो ।

यस अवधिमा नयाँ दर्ता भएका र अघिल्लो बर्षका गरि जम्मा २ लाख ७६ हजार १ सय ४७ मध्ये १ लाख ८१ हजार ६ सय ११ वटा मुद्धा फछ्र्यौट भएका छन् । यो  गत आर्थिक वर्षको तुलनामा ३ दशमलब ८९ प्रतिशत बढी हो । आज बिहिबार अदालत परिसरमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले ३७ दशमलव ९६ प्रतिशत मुद्धाको अन्तिम किनारा लगाएको बताएको छ ।

सर्वोच्चमा अघिल्लो आर्थिक बर्षबाट सरेर आएको र नयाँ दर्ता भएका गरि जम्मा ३२ हजार ७ सय १७ मुद्धा मध्येबाट १२ हजार ४ सय १९  मुुद्धा फछर्यौट भएका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५ दशमलव शून्य एक प्रतिशत हो ।

उच्च अदालतले ७१ दशमलव १० प्रतिशत, जिल्ला अदालतले ६७ दशमलव ७८ प्रतिशत  र अन्य अदालत तथा न्यायाधिकरणहरुले ४९ दशमलब ६५ प्रतिशत मुद्धा फछर्यौट गरेका छन् । अघिल्लो आर्थिक बर्षको तुलनामा उच्च अदालतले ८ दशमलब २७ प्रतिशत र जिल्ला अदालतले १ दशमलब ५ प्रतिशतले बढी मुद्धा फछ्र्यौट गरेका हुन् ।

तुलनात्मक रुपमा यस आर्थिक बर्षमा मुद्धा फछ्र्यौटको प्रतिशत बढे पनि अपेक्षित रुपमा मुद्धा फछ्र्यौट हुन सकेका छैनन् । तर सर्वोच्च अदालतले भने लक्ष्यभन्दा बढी मुद्धा फछ्र्यौट भएको दाबी गरेको छ ।

न्यायलयले गरेको फैसला कार्यान्वयमा भने कैदतर्फ गत आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा २ दशमलव ७३ प्रतिशतले घटी कैद असुल भएको देखिएको छ । जरिवानातर्फ पनि १० दशमलव ४६ प्रतिशतले कमी आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप