बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टिन प्रिन्सेस नेपालकोमा भिड्दै १७ प्रतिस्पर्धी

बुधबार, ११ साउन २०७४, १३ : ५५
बुधबार, ११ साउन २०७४

काठमाडौं – किशोरीहरुका लागि आयोजना हुँदै आएको ‘टिन प्रिन्सेस नेपाल’को अन्तिम प्रतिस्पर्धामा यसपटक १७ किशोरी भिड्ने भएका छन् । 
¥याम्प जोन इन्टरट्रेनमेन्ट प्रालिद्धारा आयोजित यो प्रतियोगीताको अन्तिम प्रतिस्पर्धीको रुपमा पुजा तामाङ, सुनैना चौधरी, सृष्टी पोखरेल, सुम्निमा कार्की, रेनु सेन्चुरी, अर्पणा खतिवडा, पर्सिस राई, प्रिया खड्का, दिक्षा अधिकारी छन् । यस्तै समिता शाही, निरुता रोका, प्रसँसा ताम्राकार, रुविशा श्रेष्ठ, मनिषा थापामगर, सजिना खनाल, दीपा लिईटेल र सुष्मा थापा परेका छन् । 
दुई साता अघि देखि उनीहरुको काठमाडौंको कुपण्डोलमा प्रशिक्षण भईरहेको  छ । ‘टिन प्रिन्ससे नेपाल–२०१७’मा किशोरीहरुलाई व्यक्तित्व विकाश लक्षित प्रशिक्षण दिईएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराईन् । 
प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । बिजेताको चयन २१ साउनमा काठमाडौंको नाचघरमा हुनेछ । विजेताले विभिन्न पुरस्कार र उपहार सहित म्युजिक भिडियो तथा अन्य विज्ञापन चलचित्र अभिनय अवसर पाउनेछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप