बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने

बिहीबार, २७ मङ्सिर २०७५, १८ : ०९
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं–सानिमा बैंक लिमिटेडले आफ्ना सेयसधनीलाई १४ प्रतिशत नगद लाभांश दिने भएको छ । आज मंसिर २७ गते बसेको बैंकको १४औं वार्षिक साधारण सभाले उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सर्वसाधारण समूह (समूह “ख”) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकमा भरत कुमार पोखरेल र महेश घिमिरेज्यू निर्बिरोध निर्वाचित भए ।

आर्थिक वर्ष २०७४÷७५ मा खुद नाफा १.७० अरव मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१.८२ अर्ब, कुल निक्षेप ७९.१८ अर्ब, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७३÷७४ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २३.२७, ३५.९९, ३४.०८, र ३२.१५ प्रतिशतले  बृद्धि गरेको छ ।

बैंकको बित्तिय परिसूचक (असार मसान्त,२०७५)
 निस्क्रिय कर्जा     ०.०३ ५
 पुँजी कोष         १२.४१ ५
 तरलता            २४.७२ ५
 कर्जा निक्षेप अनुपात (मासिक औसत)     ७८.७८५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप