शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापाले पत्ता लगाए पिस फेडेरेसनको अर्को ‘झुट’

बिहीबार, २७ मङ्सिर २०७५, १७ : १२
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौँ – विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै काँग्रेस नेता गगन थापाले कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण गरेको भन्दै थापाले आफ्नो सामाजिक सञ्जालमा लखेका छन् ‘उक्त भिडियोको सुरुवातमै १३ बर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन(युपिएफ) उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएकोले त्यसप्रति आपत्ति छ’ थापाले भनेका छन् ।

‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन, तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ’ थापाले आफ्नो फेसबुक वालमा ल्ेखेका छन् । त्यस्तै उनले भनेका छन् ‘पहिलो कुरा त नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ ।’

यस्ता गलतप्रचार गर्नेले नेपालको सम्मानित संसदको दुरुपयोगसँगै अन्तर्राष्ट्रिय समुदायमा समेत बदनाम गर्न खोजिएकाले यो कृत्य निन्दनीय भएको भन्दै नेता थापाले आपत्ति जनाएका छन् ।

उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजना गरेको मात्र भनिएको छैन, युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुनलाई’ सवैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र कसैले विरोध नगरेको तथा सवै नेपालीले बैधानिकता दिएको भनेका छन् । नेपालमा इश्वरीय राज्य स्थापना गरिएको भन्ने भनाइमा पनि नेपाल र नेपाली जनताको घोर अपमान भएको थापाको ठहर छ ।

काँग्रेसका सांसद समेत रहेका थापाले यसरी मुलुकको बदनाम र दुरुपयोग गरेको तथा अनेक गलत कामहरु गरेकाले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाउन पनि माग समेत गरेका छन् ।

साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गर्न नेता थापाले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी ओहोदाका ब्यक्तिको भुमिकामाथि पनि प्रश्न उठेको थापाको भनाई छ । 

विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरेपनि जनताले हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने थापाले चेतावनी दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप