शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासी सदरमुकाम विकासका लागि ५० करोड

बुधबार, ११ साउन २०७४, १३ : ५२
बुधबार, ११ साउन २०७४

परासी–नवलपरासीको सदरमुकाम परासी बजारको विकासका लागि रामग्राम नगरपालिकाकाले विभिन्न सडक तथा भौतिक पुर्वाधारहरुको विकास गर्न ५० करोड रुपैयाँ खर्चिने भएको छ । सरकारले तराईका जिल्लाहरुको सदरमुकाम विकासका लागि बिनियोजन गरेको ५० करोड रुपैयाँले उक्त सदरमुकाम परासीको विकास गर्न लागिएको हो । रामग्राम नगरपालिका जिल्लाको सदरमुकाम परासीमा पर्दछ ।


सदरमुकाम परासीको विकासका लागि रामग्राम नगरपालिकाले परासी बजारको बुद्धचोकदेखि निलोगेटसम्मको बाटो फोरलेन बनाउनका लागि करिब २४ करोडमा टेण्डर पनि गरिसकेको छ । १ हजार ४ सय २८ मिटर लम्बाई रहेको उक्त फोरलेन बाटोका लागि ठेक्काको सम्पुर्ण कार्य पुरा भैसकि नगरपालिका र ठेकेदारबिच सम्झौता भैसकेको छ । ठेकेदारले बाटोको निर्माण कार्य प्राविधिक समस्याका कारण भदौबाट शुरु गर्ने जनाएको छ |


नगरपालिकाले यो बाटो विस्तारका लागि सडको सेन्टरबाट ५०÷५० फिट जग्गा बाटोमा गाभ्ने भएको छ । फोरलेन बाटोको दुबै साईडमा ३.५ मिटरको दुई÷दुई लेनको पिच बाटो निर्माण गरिनेछ । बाटोको बिचमा एक डिभाईडर राखेर विरुवा रोप्ने योजना बनाइएको छ । बाटोको दुवैसाईट ढलनिकास, पैदलयात्रीका लागि पेटी निर्माण पनि गरिनेछ । बुद्धचोकदेखि निलोगेटसम्मै सोलार बत्तिपनि जडान गरिने नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले जानकारी दिए । आयोजना पुरा हुन १५ महिना भन्दा बढि समय लाग्ने नगरपालिकाले जनाएको छ ।


त्यसैगरि त्यसबै बजेटमा सदरमुकामको मुख्य हाटबजार पनि व्यस्थित गरिने छ । बुधबारे साप्ताहिक हाटबजारले चिनिने उक्त बजारलाई सुविधा सम्पन्न र व्यस्थित बनाउन नगरपालिकाले १५ करोडमा ठेक्का गरि सम्झौता भैसकेको छ ।

यसको कामपनि भदांैबाट सुरु हुनेछ । बजारमा ढल निकास, बाटोघाटो, खानेपानी, शौचालय र बत्ति समेतको व्यवस्था मिलाईने गरि ठेक्का गरिएको शहरी विकास शाखाका प्रमुख भगवती यादवले बताए ।
हाटबजार व्यवस्थापन १२ देखि १५ महिनासम्मको समय लाग्ने नगरपालिकाले जानकारी दिएको छ ।  
त्यसैबिच मंझरिया चाोकदेखि झरहीपुलसम्मको बाटो र ढलनिकासलाई पनि व्यस्थित गर्न ३३ करोडको टेण्डर निकालेको छ । यस ३३ करोडको बजेटमा मंझरिया चोकदेखि झरही पुलसम्मको बाटो विस्तार गर्दै कालोपत्रे गर्ने, ढलनिकास निर्माण गर्ने, सोलार सडक बत्ति, वृक्षारोपण गर्ने, पोखरापालीमा पार्क निर्माण गर्ने र महेपुर चोकदेखि बाईपाससम्मको बाटोपनि फोरलेन निर्माण गर्ने लगायतका कार्यहरु गर्ने गरि यो टेण्डर निकालिएको नगरपालिकाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप