शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन सपिङको शिकार : सोनाक्षीले अमेजनबाट मगाइन् २९ हजारको हेडफोन, आयो फलामको टुक्रा

बिहीबार, २७ मङ्सिर २०७५, १६ : ३९
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हासँग अनलाइन सपिङमा धोखाधडी भएको घटना बाहिर आएको छ ।

सोनाक्षीले केही दिनअघि अमेजनबाट १८ हजार भारु पर्ने हेडफोन अर्डर गरेकी थिइन् ।

तर, जब उनी भएकोमा पार्सल पुग्यो, त्यहाँ फलामको टुक्रा मात्र थियो ।

उनले पार्सलको तस्विर ट्वीटरमा सेयर गरेकी छिन् ।

सोनाक्षीले ट्वीट गर्दै लेखेकी छिन्, ‘अमेजन, मैले हेडफोन मगाएको थिएँ । तर, हेर्नुहोस् मैले के पाए । पूरै प्याक्ड थियो, खोलिएको पनि थिएन, हेर्दा पर्फेक्ट । तर, बाहिरबाट मात्र । तपाईंको ग्राहक सेवाले पनि मद्दत गर्न चाहेन ।’

अमेजनले ट्वीट गर्दै खेद जतायो
अमेजनले सोनाक्षीको ट्वीटको जवाफ दिँदै लेखेको छ, ‘ओहो, यो अमान्य हो । तपाईंको पछिल्लो सपिङ र सपोर्ट टीमसँग सम्पर्क गर्दा गर्नु परेको अनुभवको लागि माफी चाहन्छौँ । तपाईंसँग हामी सीधै सम्पर्क गर्छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप