बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चरेससहित श्रीमान–श्रीमती पक्राउ

बिहीबार, २७ मङ्सिर २०७५, १६ : १५
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका स्थायी घर भएका हरि दमाईका श्रीमान–श्रीमतीनै चरेस तस्करीमा संलग्न भएको पाइएको छ । कैलालीबाट अटो रिक्सामा चरेस लिएर बर्दियातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले हरि र उनकी श्रीमती पार्वती दमाई (३२ बर्ष)लाई पक्राउ गरेको छ ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले बुधबार मध्यराती हरि दमाई र उनकी श्रीमती पार्वतीलाई राजापुरबाट नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी तिलक भारतीले जानकारी दिए ।  

बुधवार राती साढे ११ बजे ना ३ च ७५० नम्बरको अटो रिक्सा लिएर बर्दियाको गुलरियातर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेका दमाई दम्पतीको साथबाट प्रहरीले साढे ४ किलो चरेश बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप