मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्रीको कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफैं पनि घाइते

बिहीबार, २७ मङ्सिर २०७५, १६ : ०४
बिहीबार, २७ मङ्सिर २०७५

गोवा– बलिउड अभिनेत्री जरिन खानको कार गोवामा दुर्घटनामा परेको छ । गोवाको मापूसा क्षेत्रमा भएको सो दुर्घटनामा एक युवकको मृत्यु भएको जनाइएको छ ।

जरिन पनि घाइते भएकी छिन् । उनको स्थानीय एक नीजि अस्पतालमा उपचार भइरहेको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ । 

छुट्टी मनाउनको लागि गोवा पुगेकी उनी सवार कार बुधबार साँझ दुर्घटनामा परेको थियो । साँझको समयमा जब उनी सवार कार घुम्तीमा थियो, त्यतिनै बेला एक मोटरसाइकल कारमा ठक्कर खान पुग्यो ।

मोटरसाइकल तीब्र गतिको कारमा ठोक्किँदा ३० वर्षीय नितेश गोरलको मृत्यु भएको हो । दुर्घटनाको समयमा नितेशले हेलमेट लगाएका थिएनन् । 

गोवा प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ । प्रहरीका अनुसार घटनाको बास्तविकता पत्ता लगाउनका लागि आसपासका क्षेत्रका सीसीटीभी फुटेजको पनि सहयोग लिँइँदै छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप