शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मह सञ्चारको “दाल भात तरकारी”मा शिवम् सिमेन्टको सहकार्य

बिहीबार, २७ मङ्सिर २०७५, १४ : २८
बिहीबार, २७ मङ्सिर २०७५

काठमाण्डौ – शिवम् सिमेन्ट लिमिटेड र मह सञ्चारकाबीच मह सञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्न सम्झौता भएको छ । सम्झौतामा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट सजन देवकोटा, मह सञ्चारको तर्फबाट हरिबंश आर्चायले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । उक्त चलचित्र आगामी बैशाखमा रिलिज हुनेछ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी., शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियंका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकारहरु रहेका छन् र चलचित्रको निर्देशन शुदन के.सी. ले गरेका छन् ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप मोनोरञ्जनको मामलामा नो कम्प्रोमाइज भन्दै शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप शिवम् सिमेन्ट र मह संचारबीच आगामी चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण के.सी.ले शिवम् सिमेन्टसँग सहकार्य गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउँदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरे ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रोमाइजको नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । सन् २००९ मा हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप