बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदाता नामावली दर्ता साउन महिनाभरि

बुधबार, ११ साउन २०७४, १३ : ४७
बुधबार, ११ साउन २०७४

पोखरा । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ । 

साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए । 

पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुनेछ ।

मतदाता नामावली दर्ता गराउनेको भीड बढ्दो

मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्यका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा भीड लाग्न थालेका छन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुर सिर्जनानगरबाट मतदाता नामावली संकलन एवं अद्यावधिक गर्ने कार्य साउन १ गतेबाट सुरु भए पनि अहिले नामावली दर्ता गर्नेको भीड लाग्न थालेको प्रमुख उमेश राईले जानकारी दिए । 

आगामी प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन एवं अद्यावधिक गर्न परिपत्र गरेपछि कार्यालयले नामावली संकलन सुरु गर्न थालिएको हो । 

आजसम्म एक हजार ७०० जनाले मतदाता नामावलीको लागि फोटो खिचाएर नाम दर्ता गराएको जानकारी दिँदै उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएको र नयाँ निर्वाचनको तयारी भएकाले मतदाताले उत्साहजनक रुपमा सहभागी भएको बताए । 

मतदाता नामावली संकलन गर्नेको भीड लाग्न थालेपछि कार्यालयले साउन १६ देखि साउन ३२ गतेसम्म मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको कार्यालयबाट समेत नामावली दर्ताको काम गरिने प्रमुख राईले बताए । 

चार नगरपालिका रहेको भक्तपुरमा ३८ वटा स्थानीय तह रहेका छन् । गत वैशाख ३१ गते भएको निर्वाचनमा भक्तपुरमा सबैभन्दा धेरै ८४ प्रतिशत मत खसेको थियो । भक्तपुरमा हाल एक लाख ६० हजार ५२९ जना मतदाता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप