शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ईशालाई बेहुलीको पहिरनमा देखेर भावुक भए मुकेश अम्बानी

बिहीबार, २७ मङ्सिर २०७५, १३ : ३३
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी – मुकेश अम्बानीकी छोरी ईशा अम्बानी व्यवसायी आनन्द पिरामलसँग विवाह बन्धनमा बाँधिएकी छिन् । विवाह अम्बानी परिवारको घर ‘एन्टीलिया’ मा सम्पन्न भएको हो । 

विवाहमा बलिउडका कलाकार, व्यवसायी, राजनीतिज्ञ लगायत प्रसिद्ध खेलाडीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । 

यसलाई संसारकै महङ्गो विवाहको रुपमा हेरिएको थियो । विवाहमा दुलाहा पीरामल मुख छोपेर विवाह मण्डपमा पुगेका थिए । बेहुला र बेहुली दुवै सुन्दर देखिएका थिए । 


 
जब ईशा दुलहीको पहिरनमा मण्डपमा आइन तब आनन्द हात जोडेर स्वागत गरिरहेका थिए । ईशाले उनको हातमा आफ्नो हात थामेपछि माहोल निकै भावुक बनेको थियो । उनलाई उक्त पहिरनमा देखेर सवैभन्दा धेरै भावुक मुकेश र नीता अम्बानी भए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप