शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘यात्रा : अ म्युजिकल भल्ग’ बाट आशावादी सलिनमान

बिहीबार, २७ मङ्सिर २०७५, ११ : ४९
बिहीबार, २७ मङ्सिर २०७५

काठमाडौं – डेब्यू फिल्म ‘ए मेरो हजुर २’ बाटै चर्चाको शिखरमा पुग्न सफल अभिनेता सलिनमान बनिया अभिनित  फिल्म हो ‘यात्रा :  अ म्युजिकल भल्ग’ ।

२९ चैतमा रिलिज हुने यो फिल्म अहिले अन्तिम प्राविधिक कार्यमा रहेको छ । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण अभिनेता बनियाको फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् । बनिया यस फिलममा युट्युव भल्गरको भूमिकामा छन् । 

सम्राट शाक्यको निर्देशन रहेको फिल्मले यात्राको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेको छ । 

बनियाँ पनि फिल्मबाट निकै आशावादी छन् । उनले यात्रापछि अन्य फिल्म गर्ने सहमति अहिलेसम्म गरेका छैनन् । 

फिल्ममा बनियासँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल , विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल , नानीकाजी डंगोल, राजेश बिसुराल लगायतको अभिनय देख्न सकिन्छ । 

यसै फिल्म मार्फत मल्लिका महतले अभिनयमा डेब्यु गर्दछिन् ,भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

सम्राट शाक्यको कथा समेत रहेको फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । 

केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । 

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । 

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप