बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युनाइटेड र युभेन्ट्स पनि हारे

बिहीबार, २७ मङ्सिर २०७५, ०९ : ०१
बिहीबार, २७ मङ्सिर २०७५

एजेन्सी — इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन टोली युभेन्ट्सले युईएफए च्याम्पियन्स लिग फुटबलमा समूह चरणको अन्तिम खेलमा लज्जास्पद हार खेपेका छन् ।

बुधबार राति भएको समूह ‘एच’ खेलमा युनाइटेड भ्यालेन्सियासँग २–१ गोलले पराजित भयो । अर्को खेलमा युभेन्ट्स योङ ब्वाइजसँग २–१ गेललेनै परािजत भयो । हारेपनि युनाइटेड र युभेन्ट्स नकआउच चरणमा प्रवेश गरेका छन् ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा फिल जोन्सले आत्मघाती गोल गरेपछि युनाइटेड हार खेप्न बाध्य बनेको थियो । १७औं मिनेटमा कार्लोस सेलोरले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाए । ४७औं मिनेटमा जोन्सले आत्मघाती गोल गर्दा भ्यालेन्सिया २–० गोलले अघि बढ्यो ।

त्यसपछि ८७औं मिनेटमा मार्कुस रास्फोर्ड गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि अर्को गोल फर्काउने प्रयास गरिरहेको युनाइटेडले अन्ततः हार टार्न सकेन ।

युभेन्ट्सको पनि उस्तै हालत रह्यो । योङ ब्वाइजका गुईलेउमे होरउले ३०औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरे । होरउले ६८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बना ।

त्यसपछि ८०औं मिनेटमा युभेन्ट्सका पाउलो डिबालाले एक गोल फर्काएपनि टोली हारबाट जोगिएन । यसअघि १२ अंक बनाएको युभेन्ट्स समूह विजेता र १० अंक बनाएको युनाइटेड उपविजेता बने । भ्यालेन्सिया र योङ ब्वाइज बाहिरिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप