दुई सय रुपैयाँको दही चोरीमा ७० हजारको डिएनए जाँच
एजेन्सी – ताइवानको ताइपेस्थित चाइनीज कल्चर विश्वविद्यालयमा अध्ययनरत एक छात्राको दही चोर पत्ता लगाउन ७० हजार खर्च भएको छ ।
छात्राले ताइवान पुलिसलाई आफ्नो फ्रिजबाट हराएको दही कसले चोरेको हो पत्ता लगाउन बारम्बार आग्रह गरेपछि पुलिसले औँठाछाप समेत जाँच गर्नुप¥यो ।
छात्राले ताइवान पुलिसमा फ्रिजबाट दही चोरी भएको रिपोर्ट लेखाइन् । पुलिसले दही चोर पत्ता लगाउन औँठाछापदेखि डिएनए परिक्षण गरेर चोर पत्ता लगाएपछि पुलिस विवादमा तानिएको छ ।
आश्चर्यको कुरा त के छ भने ताइवान पुलिसले २०० रुपैयाँको दहीको लागि लगभग ७० हजारको परिक्षण गरेको थियो ।
विश्वविद्यालयकी छात्राले फ्रिज खाल्दा उनको दही गायब भएपछि सँगै बस्ने अरु ५ जना साथीलाई दही हराएको कुरा सुनाइन् तर उनीहरुले आफूहरुलाई थाहा नभएको बताएपछि उनी रिसाउँदै पुलिसमा रिपार्ट लेखाउन गइन् ।
सुरुमा पुलिसले खाली दहीको बोतलको फिङ्गरप्रिन्ट जाँच गर्यो तर चोर पत्ता लगाउन सकेन र विस्तृत परिक्षणको लागि डिएनए परिक्षण गर्दा चोर पक्राउ गर्न सफल भएको थियो ।
परिक्षणमा १८००० ताइपेइ डलर खर्च गरेको छ । जुन नेपाली रुपैयाँमा झण्डै सत्तरी हजार हो । जबकि दहीको मूल्यचाहिँ जम्मा ५९ ताइपेइ डलर पर्छ । जसको मूल्य झण्डै दुई सय रुपैयाँ पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी