झापाको शङ्ख स्तम्भ निर्माण
झापा । झापाको मेचीनगर–१० धुलाबारीमा २७ फिट अग्लो शङ्ख स्तम्भ निर्माण गरिएको छ ।
नन्दा नदी किनारमा रु १३ लाखको लागतमा रामघाट सेवा समितिले पितृहरुको स्मृतिमा सो स्तम्भ निर्माण गरेको हो ।
जमिनको सतहबाट २७ फिट अग्लो स्तम्भको टुप्पामा आठ फिट लम्बाइ र चार फिट उचाइ भएको सेतो शङ्ख राखिएको छ । यस्तो शङ्ख आकृति भएको स्तम्भ नेपालमै पहिलो भएको रामघाट सेवा समितिका अध्यक्ष ललित बोहोराले बताए ।
मुख उत्तरतिर र पुच्छर दक्षिणतिर फर्किएको यो विशाल शङ्ख स्तम्भको निर्माण सिमेन्ट, रड र टायलको प्रयोगबाट भएको छ ।
दिवङ्गत पितृहरुको मोक्ष अर्थात् श्राद्धका लागि निर्माण गरिएको चार फिट वर्गाकार फेद भएको यो स्तम्भमा एक फन्का मार्दा १०८ फिट परिक्रमा गरेसरह पुण्य प्राप्ति हुने अध्यक्ष बोहराको भनाइ छ ।
मेचीनगर नगरपालिकाका इञ्जिनियर भूपेन्द्र तामाङले डिजाइन गरेको यो स्तम्भ भूकम्प प्रतिरोधी रहेको छ । दुई वर्षअघि धुलाबारीस्थित नन्दा नदी छेउमा रु एक करोड २५ लाखको लागतमा दाहसंस्कार गर्ने सुविधासम्पन्न रामघाट स्थापना गरिएको थियो । उक्त सुविधासम्पन्न भवनमा दुई शवदाह गृह, तीन चौतारो, मलामी विश्रामालय, क्रियापुत्री बस्ने चार कोठा, २०० जना अटाउने हल र दुईवटा कार्यालय कोठा रहेका छन् ।
शवदाह गृह र मलामी विश्रामालय बनेपछि ज्यामिरगढी, इँट्टाभट्टा, धुलाबारी, मागुरमाडी लगायत क्षेत्रका बासिन्दालाई मृत्युसंस्कारका लागि सुविधा भएको छ । सो क्षेत्रमा यो शङ्खसहितको पितृ स्तम्भ बनेसँगै पर्यटकको आकर्षण बढ्न थालेको पनि अध्यक्ष बोहाराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा