शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको तपाईको भाग्य यस्तो छ, हेर्नुस् राशिफल

बिहीबार, २७ मङ्सिर २०७५, ०६ : २१
बिहीबार, २७ मङ्सिर २०७५

वि.सं. २०७५ साल मङ्सिर २७ गते । बिहीबार । इस्वी सन् २०१८ डिसेम्बर १३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि षष्ठी,  ३९ घडी ३२ पला, बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र धनिष्ठा,  २७ घडी १८ पला,  बेलुकी ०५ बजेर ४२ मिनेट उप्रान्त शतभिषा । योग हर्षण, ४१ घडी २५ पला,  बेलुकी ११ बजेर २१ मिनेट उप्रान्त बज्र । करण कौलव,  बिहान ०९ बजेर ३२ मिनेट उप्रान्त तैतिल,  बेलुकी १० बजेर ३६ मिनेट उप्रान्त गर । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कुम्भ । पञ्चक ।

काठमाडौँमा सूर्योदय ०६ बजेर ४७ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५३ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ काम गरेर आम्दानीका स्रोत बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजका सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुदा पढाइ लेखाईमा मन जानेछ । विभिन्न अवसरले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात पर्ने प्रशस्त सम्भावना रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  साङ्गीतिक माहोलमा दिन दित्ने हुँदा मन प्रसन्न रहनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । नीति निर्माण तहमा तपाईंको सहभागीताले महत्त्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रसन्न रहनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो योग छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नका लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपस्थिति रहने हुनाले जनताको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर गई टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रासँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । 

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  जीवन साथीको सहयोगले नाफामूलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मानव निर्मित भौतिक सम्पत्ति थता विलासी सामान प्राप्त हुने योग रहेको छ । पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरूको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहनेहरूले सँगै बसेर भलाकुसारी गर्न पाउने समय छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  स्वास्थले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैयाँ पैसा कमाउनेछ । नयाँ ठाउँको भ्रमण गरी सङ्गीतको सुमधुर धुनमा रमाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराई परिणाममुखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ ।  

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बडाउँदा राम्रो कमाइ हुनेछ । माया प्रेममा विश्वासको वातावरण बढेर जानेछ  भने धन सम्पत्ति लाभ हुने समय रहेको छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  आमा सरहका मानिससँग विवाद बढ्ने योग छ । सामान्य छातीसम्बन्धी समस्या आउन सक्छ । प्रतिस्पर्धीहरूले काममा अवरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दामामिलामा तपार्इंकै जित हुनेछ । माया प्रेममा सामीप्यता बढ्नुको साथै पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपूर्ण भ्रमणको तय हुनेछ । विद्यामा सोचेजस्तै सफलता पाइनेछ 

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)  समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै काम गर्न सकिनेछ । व्यापारमा बढोत्तरीको योग रहेको छ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले काम समयमा नै सकाउन सकिने छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मीयता बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  समयको सही सदुपयोग गरी प्रशस्त लाभ लिने समय रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे लाभ लिन सकिने तथा आम्दानी बढाउन सकिनेछ । बोलैरै मनग्गे भन आर्जन गर्न सकिने तथा सापटी स्वरूप दिएको धन सम्पत्ति फिर्ता आउँनेछ । आफन्त तथा घर परिवारका साथ कहीँ कतै गई स्वादिष्ट भोजन ग्रहण गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा प्रगति गरी नाम कमाउन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  अरुको काममा समय बित्ने तथा अरूको काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशी सस्था तथा नियोगतिर काम पाउने प्रशस्त सम्भावना रहेको छ । सामान्य आँखासम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप