मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काका अपदस्थ प्रधानमन्त्रीलाई पुनः स्थापित गर्न संसद्को माग

बुधबार, २६ मङ्सिर २०७५, २२ : ५७
बुधबार, २६ मङ्सिर २०७५

कोलम्बो-श्रीलङ्काको संसद्ले अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । 

बुधबार भएको मतदानमा ठूलो सङ्ख्यामा सांसदले विक्रमासिंघेलाई पुनः स्थापित गर्नुपर्ने पक्षमा मतदान गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

शक्ति सङ्घर्ष थप चर्किन नदिनका लागि यो नै सबैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसद्द्वारा पारित प्रस्तावमा उल्लेख छ । 

विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेका र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएका गरी संसद्को कूल ११७ जना सदस्यले उहाँको पुनः स्थापनाको पक्षमा मतदान गरेका हुन् । 

उनीहरूले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षणसमेत गराएको समाचारमा जनाइएको छ । 

“मलाई विश्वासको मत दिएर संसद्ले मेरो पुनः स्थापनाको निर्णय गरेको छ, त्यसले गत अक्टोबर २६ मा भएको गलत काम सच्याउने मौका दिएको छ,” संसद्को निर्णयपछि विक्रमासिंघेले भन्नुभयो । 

सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिंघेलाई अपदस्थ गरेर पूर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

तर संसद् र अदालत दुवैले त्यो नियुक्तिलाई अवैध भन्दै खारेज गरिदिएका थिए भने विक्रमासिंघे र राजापाक्षे दुवैले आफू प्रधानमन्त्री भएको दाबी गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप