शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७८ वर्षीया हजुरआमा कुटपिट गर्ने कारागार चलान

बुधबार, २६ मङ्सिर २०७५, २२ : ३४
बुधबार, २६ मङ्सिर २०७५

सिन्धुपाल्चोक– आफ्नी ७८ वर्षीया हजुरआमालाई कुटपिट गरी घर निकाला गर्ने नातिहरुलाई जिल्ला अदालत सिन्धुपाल्चोकले कैद तथा जरिवाना गरेको छ । 

जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोक गढी नगरपालिका–११ साँगाचोक निवासी वृद्धा राधाकुमारी गिरीलाई नातिद्वय ३० वर्षीय विक्रम र ३५ वर्षीय विष्णुले हात भाँच्चिने गरेर कुटपिट गरी घरबाट निकालेको अभियोगमा जनही दुई महीना कैद सजायको फैसला भएको से्रस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।  

अभियुक्तलाई जनही रु १० हजार जरिवाना र जनही रु ५० हजार पीडितलाई क्षतिपूर्ति गराउन समेत फैसला गरिएको छ । पीडितले आफूलाई कुटपिट गरेको भनी मुद्दा दर्ता गरेपछि अदालतले आरोपीविरुद्ध म्याद पठाउँदा प्रत्युत्तर दिन नआएपछि सो फैसला गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप