वैदेशिक शिक्षापछि देशको सेवा
कास्की–गण्डकी प्रदेशका प्रदेश प्रमुख बावुराम कुँवरले युवापुस्ताले वैदेशिक शिक्षापछि स्वदेश फर्केर देशको सेवा गर्नुपर्ने बताएका छन् ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीले आयोजना गरेको छैटौँ ‘इक्यान शैक्षिक मेला’ को आज यहाँ उद्घाटन गर्दै कुँवरले शैक्षिक परामर्शदाता संस्थाले विद्यार्थीलाई विदेशमा शिक्षा हासिल गरेपछि उतै बस्ने नभई स्वदेशको हित र विकासको लागि फर्कनुपर्दछ भन्ने राष्ट्रप्रतिको निष्ठा र देशभक्तिको भावना जागृत हुने गरी परामर्श दिइनुपर्ने बताए ।
इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्शको क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको र यहाँ व्यवसायी सक्षम रहेकोमा जोड दिए ।
यही मङ्सिर २८ गतेसम्म सञ्चालन हुने मेलामा उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी प्रदान गरिने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।
विदेशका विभिन्न क्याम्पस तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि मेलामा सहभागि हुने भएकोले एउटै स्थानमा भेटेर परामर्श लिन सकिने क्षेत्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर