मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चाका ११ नेताले गरे आत्मसमर्पण

बुधबार, २६ मङ्सिर २०७५, २० : १३
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौं– मधेसमा एकदशक भन्दा बढी समयदेखि भूमिगत जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीका ११ जना नेताहरुले आत्मसमर्पण गरेका छन् । बुधबार राजविराजमा सरकारी वार्ताटोली समक्ष सो समुहका अविनाशसहित ११ सदस्यले १३ थान हतियारसहित आत्मसमपर्ण गरेका हुन् ।

११ जना नेताहरुले आत्मसमपर्ण गरेसँगै सो समुहको नेतृत्व ४ जनामा सिमित भएको छ । गोइत समुहको १५ सदस्यीय समिति रहेको बताइएको थियो ।

आत्मसमर्पण गर्नेहरुमा अविनाशसहित नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानीप्रसाद अगरिया यादव, बद्री यादव, मो.सफिर, देवेन्द्र खड्गा, सञ्जयकुमार यादव र फुलकुमार यादव लगायत रहेका छन् । आत्मसमपर्ण गर्ने समुहले १० थान कटुव पेस्तोल, १२ थन गोली २ थान रिभल्बर लगायतका हतियार बुझाएका छन् । 

कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसहित सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने साथै सुरक्षा सम्बद्ध निकायका प्रमुखहरु, सञ्चारकर्मी र अधिकारकर्मीहरुको पनि उपस्थिति थियो ।

गोइत समुहले तराई–मधेसमा एक दशकयता हिंसात्मक गतिविधि गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप