मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आमा सुरक्षा कार्यक्रमलालई उच्च प्राथमिकतामा राखेका छौं : उपप्रधानमन्त्री यादव

बुधबार, २६ मङ्सिर २०७५, १९ : ४५
बुधबार, २६ मङ्सिर २०७५

काठमाडौँ– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले आमा सुरक्षा कार्यक्रममार्फत नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताएका छन् । 

स्वास्थ्यसम्बन्धी साझेदारी बैठकलाई भारतको नयाँ दिल्लीमा आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय नेपालले समग्र स्वास्थ्यका कार्यक्रममार्फत मातृ तथा नवजात शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार गरेको जानकारी दिए । 

मन्त्री यादवले सबैका लागि स्वास्थ्य भन्ने नारालाई पूरा गर्न स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन र नसर्ने रोग न्यूनीकरणमा प्राथमिकता दिइएको चर्चा गर्दै बहुक्षेत्रीय समन्वयले मात्र स्वास्थ्यको उपलब्धि आउने विश्वास व्यक्त गरे । सोही अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधानमन्त्री यादवकाबीच द्विपक्षीय भेटघाट भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप